काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले नेपालको सेयर बजार बिचौलियाको हातमा रहेको बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले अहिले नेपालको सेयर बजारमा आम सर्वसाधारणको भन्दा विचौलियाको पहुँच धेरै भएको बताएकी छिन् ।
त्यस्तै, सांसद शर्माले अहिले सेयर बजार उकालो यात्रा देखेर ढुक्क भएर नबस्न पनि सरकारलाई आग्रह गरेकी छिन् । शर्माले आम सर्वसाधारण भन्दा सेयर बजारमा विचौलियाको पहुँच धेरै हुनुले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न नसकेको पनि बताएकी छिन् ।
‘अहिले सेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस् । सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि विचौलियाहरुको पहुँच छ भन्ने छ ।’, सांसद शर्माले भनिन्, ‘यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्