×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक ‘बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक ‘बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित

Artha Sarokar

१० भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंक ‘ द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोश्रो इमरजीङ एशिया बैंकिङ कन्क्लेभ कार्यक्रममा गरिमा विकास बैंक द बेष्ट बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट सम्मानित भएको हो ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्ड गरिमा विकास बैंकले प्राप्त गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित ड्राइभिङ इफिसेन्सिस एक्रस द भ्यालु चेन विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय डेभलपमेन्ट बैंकर्स एसोसियसनको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए । कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।

उक्त प्यानल डिस्कसन कार्यक्रममा उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रही आफ्नो धारणा प्रस्तुत गरेका थिए । सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी