काठमाडौँ । शुक्रबार बसेको अर्थ समितिको बैठकमा चेक बाउन्सको विषयमा वृहत छलफल भएको छ । सिंहदरबारमा आयोजित बैंकिङ कसुर तथा सजाय सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथिको दफावार छलफलमा चेक बाउन्सको विषयमा गहन छलफल भएको हो ।
छलफलमा अधिकांश सांसदहरुले चेक बाउन्सको मुद्दामा पीडकलाई जेल कोचेर मात्रै समस्याका समाधान नहुने बताएका छन् ।
हरेक कसुरमा वा अपराधमा पीडक वा अभियुक्तलाई जेल हालेर मात्रै समस्याको समाधान नहुने भन्दै सांसदहरुले चेक बाउन्सको मुद्दामा पनि पीडकलाई जेल कोच्ने भन्दा पनि कसरी पैसा उठाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, हाल चेक बाउन्सको मुद्दामा कसुर बोकाउने र मुद्दा मामिला गराउने बाहेक अरु केही नहुने भन्दै यसमा संशोधन गरेर पीडितको पैसा उठाउनेतर्फ ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । साथै बैठकमा सांसदहरुले चेक बाउन्स गर्न सम्बन्धित जिल्लामै पुग्नुपर्ने प्रावधान रहेकोले यस्तो प्रावधान हटाउनुपर्ने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्