Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट सहकारीको १५ करोड अपचलन गर्ने उपाध्यक्षसहित पाँच जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ। एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छा भाइ डंगोल, कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र सदस्य अमर भाइ बज्राचार्य रहेका छन् । 

उनीहरुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले भदौ १४ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरुले काठमाडौँ महानगरपालिका वडा नं. ०७ मा सहकारीको कार्यलय सञ्चालन गरी बचतकर्ताको १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ ठगी गरेका थिए । उनीहरु विरुद्द संचालक समितिका पदाधिकारीहरूको मिलेमतोमा बचतकर्ता/सदस्यहरूले जम्मा गरेको रकम हिनामिना गरेको, संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गरेको र बचतकर्तालाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेको आरोप लागेको छ । 

हाल उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन ८ (आठ) दिनको म्याद थप भई  आवश्यक अनुसन्धान  भइरहेको छ ।

त्यसैगरी, सीआईबीले उक्त सहकारीका पीडित निक्षेपकर्तालाई ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK