×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि महानगरपालिका पाँच दिनका लागि बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि महानगरपालिका पाँच दिनका लागि बन्द !

Artha Sarokar

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्न शनिबार स्वाब दिएका उनको रिपोर्ट आइतबार पोजेटिभ आएको हो । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई संक्रमण पुष्टि भएको जानकारी दिए । 
पोखरेलको रिपोर्ट पोजेटिभ आएपछि महानगरका अधिकांश कर्मचारी ‘होम क्वारेन्टाइन ‘मा बसेका छन् । प्रमुख प्रशासकीयको सम्पर्कमा रहेकाको पीसीआर परीक्षणको तयारी भइरहेको मेयर भीम पराजुलीले बताए । 
सोमबारबाट कार्यालयको अत्यावश्यकबाहेकका सेवा पाँच दिन बन्द गरिने जानकारी उनले दिए । यसअघि विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्य र विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेलमा कोरोना पुष्टि भइसकेको छ । 
हालसम्म विराटनगर महानगरभित्र एक हजार तीन सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ । १७ जना संक्रमितको मृत्यु भइसकेको छ । तीन सय ५० जना उपचारपछि डिस्चार्ज हुँदै कोरोना मुक्त भइसकेका छन् । प्रदेश १ को राजधानी विराटनगर प्रदेशमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी