Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच सम्झौता

अर्थ सरोकार

काठमाडौँ । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  भएको छ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसरमा महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्ने भएको छ ।

सो सम्झौताबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरपसफाईमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने बैंकको निति अनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK