Skip to content
LAXMI SUNRISE BANK

१६ वर्षमा १८ लाखलाई सेवा दिएर सँधैका लागि बिदाई भयो बुद्ध एयरको एटिआर-४२ जहाज (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटिआर-४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेसँगै ९एन-एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरिएको हो ।

१६ वर्ष ३ दिन उडानका दौरानमा उक्त जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर-४२-३२० जहाज भित्र्याएको थियो । बुद्ध एयरले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

एटिआरले अहिलेसम्म हजारौँ जहाजको निर्माण गरिसकेको छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी बिदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो ।

बुद्ध एयरको जहाजको बिदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताएका छन् । बुद्ध एयरको जहाज बिदाईका झलकहरु फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK