काठमाडौँ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै असोज १३ गतेदेखि नोट वितरण गर्ने भएको हो ।
यसअघिका वर्षहरुमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै आएको भए पनि यसवर्ष भने नयाँ नोटको साटो सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसवर्ष ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट वितरण गरिनेछ । हरेक वर्ष नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसवर्ष सुकिला नोट नै प्रयाप्त रहेको भन्दै यसवर्ष नयाँ नोट नछाप्ने निर्णय गर्दै नयाँको साटो सुकिला नोट वितरण गर्ने निर्णय गरेको थियो ।
योसँगै अब असोज १३ गतेदेखि सर्वसाधारणले राष्ट्र बैंकबाट सुकिला नोट साट्न पाउनेछन् । यसवर्ष राष्ट्र बैंकले ५०० र १००० रुपैयाँ दरका नोट पनि सुकिला नै वितरण गर्ने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्