Skip to content
LAXMI SUNRISE BANK

समृद्धि फाइनान्सका ग्राहकलाई बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी किन्दा भारी छुट

अर्थ सरोकार

काठमाडौँ । समृद्धि फाइनान्सका ग्राहकलाई  बजाज  कम्पनीको दुई पाङ्ग्रे सवारी किन्दा छुट हुने भएको छ । फाइनान्सका ग्राहकलाई  बजाज  कम्पनीको दुई पाङ्ग्रे सवारी किन्दा १२ प्रतिशत छुट हुने भएको हो ।

फाइनान्सले भाद्र २७ गते ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्र अनुसार समृद्धि फाइनान्सका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मूल्यमा १२ हजार, दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङको मजा लिन सक्नेछन् ।

यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास  फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK