काठमाडौँ । ‘सेयर गुरु’ सुबास चन्द्र भट्टराईले अर्थतन्त्र चलायमान हुना साथ बैंकिङ क्षेत्रमा बुल आउने दाबी गरेका छन् ।
नराम्रो कम्पनी उचालेर पोर्टफोलियो र इन्डेक्स दुवै नबढ्ने बताउँदै उनले कमजोर कम्पनी बढ्दा कालान्तारमा खाने घाटा नै भएकोले यसमा लगानीकर्तालाई सचेत हुनसमेत उनको आग्रह छ ।
हाल बैंकहरुको ब्याजदर घट्दा पनि सेयर बजारमा उत्साह देखिएको छैन । नेप्से परिसूचक ३ हजार बिन्दुसम्म पुगेर पुन: २५ सयको बिन्दुमा झरेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।