×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा फाइनान्स कम्पनीले १४ करोड बढी नाफा कमाए, सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स

LAXMI SUNRISE BANK
GLOBAL

साउनमा फाइनान्स कम्पनीले १४ करोड बढी नाफा कमाए, सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  पछिल्लो एक महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

हाल संचालनमा रहेका १७ फाइनान्स कम्पनी मध्ये १२ फाइनान्स नाफामा देखिएका छन् भने ५ फाइनान्स कम्पनी घाटामा देखिएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । यसले एक महिनामा ८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, धेरै नाफा कमाउनेको सुचिमा दोश्रो स्थानमा आइसीएफसी फाइनान्स रहेको छ । यसले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यता, घाटा बेहोर्नेमा बेस्ट फाइनान्स, पोखरा फाइनान्स,समृद्धि फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल सेयर मार्केट एन्ड फाइनान्स रहेका छन् । ति मध्ये सबैभन्दा धेरै घाटा बेहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । यो कम्पनीले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी