×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ४ अंकको करेक्सन, जानकार भन्छन्-`भिसेप रिकभरी हुन्छ´

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा ४ अंकको करेक्सन, जानकार भन्छन्-`भिसेप रिकभरी हुन्छ´

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्सेमा करेक्सन देखिएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ ।

यता, बजारमा छिट्टै भिसेप रिकभरी देखिने सेयर बजारका जानकारहरुको भनाई छ । बजार २२ सय पुग्छ भन्ने हल्ला फैलिरहेका बेला सेयर बजारका जानकारहरुले बजार १८ सय २२ सयमा तल माथि भएर नबस्ने बरु छिट्टै बजारमा बाउन्स ब्याक देख्न सकिने बताएका हुन् ।

आजको बजारमा  सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ५८ लाख ८ हजार ५ सय ८४. ८० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा सबैभन्दा धेरै नाफा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

यता, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी