×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ११.५८ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार ११.५८ अंकले बढ्यो नेप्से परिसूचक

६ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा ३ सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ८० लाख २७ हजार ७ सय १५ रुपैयाँ ७० पैसा बराबरको भएको छ ।

त्यस्तै, आइतबारको बजारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी