×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ अल टाइम हाई बिन्दुमा, निफ्टी-५० पनि २६ हजार बिन्दु नजिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ अल टाइम हाई बिन्दुमा, निफ्टी-५० पनि २६ हजार बिन्दु नजिक

८ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । भारतीय सेयर बजार सूचक बीएसई सेन्सेक्स हालसम्मकै उच्च ८५ हजार बिन्दुमाथि पुगेको हो ।

स्टिल कम्पनी र अटो कम्पनीहरू बढ्दा बीएसई सेन्सेक्स उच्च बिन्दुमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेन्सेक्सले चार दिनअघि मात्रै ८४ हजारको बिन्दु पार गरेको थियो ।

बीएसई सेन्सेक्ससँगै भारतको अर्को सेयर बजार सूचक नीफ्टी-५० मा पनि आकर्षक बढोत्तरी देखिएको छ । नीफ्टी-५० अल टाइम हाई (२६ हजार) को नजिक पुगेको छ ।

यो समाचार तयार पार्दै गर्दा १ : ३० बजे बीएसई सेन्सेक्स ८० . १७ अंकले बढेर ८५००८ . ७८ बिन्दुमा पुगेको छ भने नीफ्टी-५० २७ . ६५ अंकले बढेर २५९६६ .७० बिन्दुमा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी