×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा, तीन ‘माओवादी कार्यकर्ता’ अन्तिम सर्टलिस्टमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा, तीन ‘माओवादी कार्यकर्ता’ अन्तिम सर्टलिस्टमा !

१० आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम अन्तर्वार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ ।

बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले तीन जनाको नाम अन्तर्वार्ताका लागि ‘सर्टलिस्ट’ गरेको हो ।

सर्टलिस्टमा पर्नेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण बहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी रहेका छन् ।

बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका उनीहरु तीनैजना माओवादी केन्द्रका ‘एसम्यान’का रुपमा चिनिन्छन् ।

सर्टलिस्टका परेकाहरुलाई सरकारले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी