
- अर्थ सरोकार सम्बाददाता
नवलपरासी । पूर्वी नवलपरासीमा थप २१ जना कोरोना संक्रमण पुष्टी भएको छ । भारतसँग सिमाना जोडिएको विनयी–त्रिवेणी गाउँपालिकामा १८ र कावासोती नगरपालिकामा शुक्रबार तीन जनामा संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार त्रिवेणी गाउँपालिकामा थपिएका संक्रमितमा वडा नम्बर ३, ४ र ५ का छन् । त्यसै गरी जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकाका वडा नम्बर ५, ८ र १६ मा संक्रमित थपिएका हुन् । जिल्लामा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ६ सय ५ पुगेको छ । तीमध्ये ४ सय १७ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा तीन जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्