काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।
नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
उनीविरुद्द बचतकर्ताको कुल १ अर्ब ८० करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।