×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फ्रेन्चाइज ग्लोबलले लियो बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फ्रेन्चाइज ग्लोबलले लियो बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली सेकुवा ब्राण्ड बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । फ्रेन्चाइज राइट लिने विषयमा शुक्रबार दुवै पक्षबीच हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बाजेको सेकुवाका तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोबलको तर्फबाट सिइओ डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका हुन् ।

अब बाजेको सेकुवाको अन्तराष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ । पहिलो २ वर्षमा विभिन्न देशका प्रमुख शहरहरूमा २०० ओटा अन्तराष्ट्रिय आउटलेट खोल्ने फ्रेन्चाइज ग्लोबलको योजना रहेको छ ।

फ्रेन्चाइज ग्लोबलले विभिन्न व्यावसायिक कम्पनीबीच समन्वय गर्ने व्यावसायिक विस्तारका लागि पहल गर्ने स्वामित्व प्रत्यायोजन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी