×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नदिमा हाम फालेर दुई जनाको ज्यान बचाउने ‘रियल हिरो’ चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गरिने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नदिमा हाम फालेर दुई जनाको ज्यान बचाउने ‘रियल हिरो’ चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गरिने 

१४ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई डेढ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जना ज्यान जोगाएको भन्दै बागमती प्रदेश सरकारले चणिकलाललाई सम्मान गर्ने भएको हो । 

तामाङको साहसिक कामले नदीमा बग्दै गरेका दुई जनाको ज्यान जोगिएको भन्दै नगदसहित सम्मान गरिने मुख्यमन्त्री बाहदुरसिंह लामाले जानकारी दिएका छन् । 

तामाङले शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी ६ वर्षीया छोरी मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए । हाल चणिकलालको देशभर ‘रियर हिरो’का रुपमा प्रशंसा भइरहेको छ । 

उनी काभ्रेको तेमाल गाउँपालिका-१ चोकटारका हुन् । उनले आफूसँग पौडी खेल्नसक्ने कला भएको र नदीमा बगिरहेका दुईजनालाई देखेर बचाउँछु भनेरै हाम फालेर उद्धार गरेको प्रतिक्रिया दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी