Skip to content
LAXMI SUNRISE BANK

चाडपर्वको मुखमा इन्धनको मूल्य घट्यो

अर्थ सरोकार

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ, मट्टीतेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ ।

त्यस्तै, एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी नेपालमा भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK