काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड २३ लाख १७ हजार ६ सय ७१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै, आजको बजारमा थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।