×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ओली सरकार रहुन्जेल देशले धेरै दु:ख पाउँछ’ -रवि लामिछाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘ओली सरकार रहुन्जेल देशले धेरै दु:ख पाउँछ’ -रवि लामिछाने

Artha Sarokar

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यो सरकारले झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर गरिरहेको भन्दै कडा आलोचना गरेका हुन् । ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ । मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ । यो सरकार नढले सम्म जनता जाग्नुपर्छ’ उनले भने ‘यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

त्यस्तै, लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । उनले भने,’अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ ।’

उनले सरकारको रवैयाविरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए । उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत बताएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी