×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ४७.४४ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्बमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार ४७.४४ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्बमाथिको कारोबार

Artha Sarokar

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख १ हजार ६ सय ३० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, इस्टर्ण हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा  नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी