काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार ५ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ कारोबारमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आइसीएफसी फाइनान्सको भएको छ । यस कम्पनीको ४३ करोड ४४ लाख ४३ हजार ६ सय २१.८० रुपैयाँ बराबरको कारोबार भएको हो । आइसीएफसीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै, आजको बजारमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानिकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्