काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी एक खर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झरेपछि तरलता व्यवस्थापनका लागि एक खर्ब तान्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले कार्तिक २१ गते (बुधबार) दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । आवदेन दिँदा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिनुपर्नेछ ।
सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन प्राथमिकतामा पर्नेछ । हाल बैंकहरुमा अधिक तरलता थुप्रिँदा राष्ट्र बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न मुस्किल परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्