- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्टार्टअप व्यवसायले १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने भएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
उनले यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म विउ पुँजी कर्जा उलब्ध गराइने बताए ।
स्टार्टअप व्यवसायको दर्ता नविकरण तथा अन्य सेवा एकद्वारबाट निः शुल्क गर्ने व्यवस्था मिलाइएको छ ।