काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालको पैसा नेपालमै रहनुपर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेपालको पैसा विदेश जाने प्रवृत्ति गलत भएको भन्दै नेपालको पैसा नेपालमै रहनुपर्ने बताएका हुन् ।
उनले सबै विद्यार्थीलाई प्लस टू पछिको शिक्षा नेपालमै हासिल गर्ने वातावरण बताउनुपर्ने पनि बताएका छन् ।
हाल उच्च शिक्षा लिन भन्दै नेपालबाट ठूलो जनशक्ति विदेश गइरहेका बेला मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाईसमेत नेपालमै हुनुपर्ने प्रसाईंले बताएका छन् ।
त्यस्तै, प्रसाईंले पत्रकार सम्मेलनमार्फत मंसिर ३ गते प्रमाणसहित नेताहरुको दिमाग हल्लिने गरी भ्रष्टाचारको नालीबेली खोल्ने बताएका छन् । साथै उनले सोही दिन हस्ताक्षरसहित नेताहरुको लगानीको विवरणसमेत सार्वजनिक गर्ने बताएका छन् ।