×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाका सीडीओहरू भर्चुअल छलफलमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाका सीडीओहरू भर्चुअल छलफलमा

Artha Sarokar

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे समीक्षा गर्न र नयाँ निर्णय लिनका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू छलफलमा जुटेका छन् । उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधबार) मध्यराति सकिँदैछ।
आज सीडीओहरूसहित अधिकारीहरूले भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज विस्तृत समीक्षात्मक बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए । 
उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायातका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिने भएको छ । समीक्षात्मक छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्ने र गृह मन्त्रालयमा प्रस्ताव लैजाने जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी