Skip to content
LAXMI SUNRISE BANK

मोरङमा एक थुनुवामा कोरोना संक्रमण पुष्टी, आइसोलेसंमा उपचार हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका एकजना थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मोरङमा प्रहरी नियन्त्रणमा रहेका थुनुवामा पहिलो पटक कोरोना देखिएको हो । 
जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा रहेका सुनवर्षी नगरपालिका–४ घर भएका २६ वर्षीय पुरुष थुनुवामा संक्रमण पुष्टी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । कोरोना देखिएपछि ती थुनुवाको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा उपचार भइरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK