×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार २० गतेदेखि ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई बोन्ड बिक्री गर्ने, कति पाईन्छ ब्याज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असार २० गतेदेखि ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई बोन्ड बिक्री गर्ने, कति पाईन्छ ब्याज ?

Artha Sarokar

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले १५ लाख इकाई बोन्ड निष्कासन गर्ने भएको छ । बैंकले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड वार्षिक ९% ब्याजदरमा निष्कासन गर्ने भएको हो ।  वि.सं २०८७ मा परिपक्क हुने गरी ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न लागेको हो ।
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाईमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी ९ लाख इकाईआफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँको दरले असार २३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।
सो अवधिमा सबै बोन्ड बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइनेछ । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी