
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गर्नुभएको हो । मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गर्नुभयो ।
गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । त्यसबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । उनी कक्षा ९ मा अध्ययनरत छिन् । सो अवसरमा मन्त्री भट्टराई भन्नुभयो, ‘‘मलाई विश्वास छ, तपाईँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’’ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालिका खातुनलाई बालुवाटारमा आमन्त्रण गरी शिक्षाका लागि आवश्यक प्रबन्ध गरिने जानकारी दिनुभएको थियो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्