×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढलले दुर्गन्धित बनाएको काठमाडौँको धोबीखोला… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ढलले दुर्गन्धित बनाएको काठमाडौँको धोबीखोला… (तस्विरहरु)

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्ला दिन देशकै संघीय राजधानी काठमाडौँमा खोलानाला जोगाउनु मुख्य चुनौति बनेको छ ।

काठमाडौँ महानगरपालिकाको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरेसँगै खोलानाला संरक्षणमा तदारुकता देखाइएको भए पनि सोचेजस्तो परिणाम भने अझै आउन सकेको छैन ।

महानगरले बेलाबेलामा काठमाडौँका नदीनाला सरसफाई तथा संरक्षण अभियान नै चलाउँदै आएको छ । तर, नदीमा मिसाइने ढल र त्यसले फैलाएको दुर्गन्धले नदीनाला सफा हुन त टाढाको कुरा सफा हुन्छन् र ? भन्ने प्रश्नलाई पनि वर्षौं पछाडी धकेलिदिएको छ ।

काठमाडौँमा भएका १३ वटा प्रमुख नदी नालामध्ये धोबिखोला एक हो । तर, महानगरसँगै विभिन्न संघसंगठनले यसअघि पटकपटक धोबीखोला सरसफाइ अभियान चलाइसकेका छन् । तर, अव्यवस्थित रुपमा नदीमा मिसाइने ढलकै कारण नदीनाला दिनप्रतिदिन झन्झन् फोहोर र दुर्गन्धित हुँदै गएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी