×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै 

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदैछन् । 

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुन लागेका हुन् ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशपछि धरौटी बुझाएर रिहा भएका रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदैछन् । 

स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछानेसहितका ३९ जनाविरुद्ध ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी