काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौँले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो ।