काठमाडौँ । सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामेसाँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार आगो लागेको हो ।
प्रहरीका अनुसार बैंकको शाखामा बिजुली शर्ट भई आगो लागेको हो । यता, आगलागीका कारण कुनै पनि मानवीय क्षति नभएको, र ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको पैसा पनि सुरक्षित रहेको बैंकले जनाएको छ ।
यध्यपी बैंकको शाखाको फल्स सिलिङ, स्टोरका सामान, रिसेप्सन एरियामा रहेका फर्निचर लगायतमा क्षति पुगेको छ । प्रहरीका अनुसार स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीका अनुसार आगलागीका कारण के कति क्षति भयो अध्ययन भईरहेको छ । यध्यपी २५-३० लाख बराबरको क्षतिको अनुमान गरिएको छ ।
बीमा गरेकाले बैंकमा आगलागीका कारण भएको क्षतिको दाबी भुक्तानी बीमा कम्पनीले गर्छ । बैंकले हिमालयन एभरेस्ट इन्स्योरेन्समा बीमा गरेको छ।