×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ग्राहकका लागि असुरक्षित’ देखिएको नबिल स्टक डिलर बिक्री हुँदै, २ भेण्डरसँग कुराकानी जारी !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘ग्राहकका लागि असुरक्षित’ देखिएको नबिल स्टक डिलर बिक्री हुँदै, २ भेण्डरसँग कुराकानी जारी !  

Artha Sarokar

६ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय ग्राहकको विवरण नै असुरक्षित देखिएको नबिल स्टक डिलर (ब्रोकर नम्बर ७७) बिक्री हुने भएको छ । नबिल बैंकको १ अर्ब ५० करोड रुपैयाँ लगानी रहेको नबिल स्टक डिलर बिक्री हुने भएको हो ।

नबिल स्टक डिलर बिक्री गर्ने सम्बन्धमा दुई भेण्डरसँग कुराकानी भइरहेको ब्रोकरका एक अधिकारीले पुष्टि गरेका छन् ।

ती अधिकारीका अनुसार कम्पनी बिक्री गर्ने सन्दर्भमा दुई भेण्डरसँग कुरा चलिरहेको छ । जसमध्ये एक भेण्डरसँग कम्पनी खरिदबिक्री गर्ने विषयको छलफल अन्तिम चरणमा पुगेको छ ।

यसो त नबिल स्टक डिलर सेयर लगानीकर्ताहरुका लागि असुरक्षित रहेको समेत पाइएको छ । कम्पनीबाट लगानीकर्ताको गोप्य रहनुपर्ने कारोबार विवरण नै गैरकानूनी रुपमा असम्बन्धित व्यक्‍तिकहाँ पुग्ने गरेको तथ्यसहितको समाचार अर्थ सरोकारले यसअघि नै सम्प्रेषण गरिसकेको छ ।
यसअघि असावधानीबस् प्रकाशित तस्विर सच्याइएको छ । – सम्पादक

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी