काठमाडौँ । अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । ट्राफिक प्रहरीले चाबी थुत्न नपाउने आदेशको माग गर्दै अदालतमा परेको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ट्राफिक प्रहरीलाई सवारीसाधनको चाबी नथुत्न आदेश दिएको हो ।
अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले सवारी जाँचका क्रममा सवारीसाधनको चाबी नथुत्न निर्देशनात्मक आदेश दिएको हो ।
योसँगै अब ट्राफिक प्रहरीले चेकिङ्गका क्रममा सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । यसअघि चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सिधै सवारीसाधनको चाबी थुतेर सर्वसाधारणलाई दुःख दिएको गुनासो व्यापक आउने गरेको थियो ।
नागरिकको व्यापक गुनासो र चर्को विरोधबीच गत कार्तिक ११ गते उच्च अदालत पाटनमा ट्राफिक प्रहरीले सवारीसाधनको चाबी खोस्ने कार्यविरुद्ध रिट विवेक चौधरीले रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने आदेश जारी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्