
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएको जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसियु र भेन्टीलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल भेन्टीलेटर सेवाले सुरु गरेको भेन्टीलेटर बैंकको परिचालन स्वास्थ्य सेवा विभागमार्फत गर्ने निर्णय समेत गरेको छ । यसबाहेक तेस्रो मुलुकबाट हवाई उडानमार्फत पीसीआर परीक्षण भएका र नभएका व्यक्तिहरु एउटै जहाजमा आएको पाइएकाले त्यसलाई कडा रुपमा कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको गुरागाईंले बताउनुभयो । बैठकले कोरोना संक्रमणको वृद्धि सँगै देखिएका समस्या समाधान गर्न थप रणनीति बनाउने विषयमा समेत छलफल गरेको थियो । यस्तै विभिन्न चाडपर्व, जात्रा लगायतका गतिविधि सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड अनुसार हुने पनि सचिव गुरागाईंले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्