Skip to content
LAXMI SUNRISE BANK

मोरङबाट १२ जुवाडे पक्राउ, ३ लाख रुपैयाँ बरामद !

अर्थ सरोकार

मोरङ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक ताससहित १२ जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
पक्राउपर्नेमा मोरङ बेलबारी नगरपालिका–१ का ३६ वर्षीय विमल गुरुङ, वडा नं ३ का ३७ वर्षीय कृष्ण लिम्बु, वडा नं ११ का २८ वर्षीय श्याम लिम्बू, सोही स्थानका ५२ वर्षीय चन्द्र लिम्बू, मोरङको लेटाङ नगरपालिका–५ का ३१ वर्षीय समीर तामाङ, झापा विर्तामोड नगरपालिका–३ का लक्ष्मीकुमार तामाङ र वडा नं ५ का २७ वर्षीय सञ्चित घतानी रहेका छन् ।
त्यस्तै झापा हल्दिबारी गाउँपालिका–५ का ३६ वर्षीय ताराकुमार जोगी, झापा बुद्धशान्ती गाउँपालिका–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरी धरान–१६ का ३९ वर्षीय रुपजङ्ग लिम्बू, वडा–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का २४ वर्षीय राजन पौडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । – रासस 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK