काठमाडौँ । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् ।
उक्त विधेयकमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था राखिएको छ ।
के हो साइबर बुलिङ ?
साइबर बुलिङ सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमको प्रयोग गरेर कसैलाई दुःख, अपमान, डर, वा मानसिक चोट पुर्याउने गतिविधि हो । यसमा गाली-गलौज, धम्की दिनु, झुठो जानकारी फैलाउनु, अपमानजनक सामग्री पोस्ट गर्नु, व्यक्तिगत गोपनीयता उल्लंघन गर्नु वा अरूसँगको सम्बन्धमा हानी पुर्याउने उद्देश्यले अनलाइन आक्रमण गर्नेजस्ता कार्यहरु पर्दछन् ।
साइबर बुलिङले लक्षित व्यक्तिलाई मानसिक र भावनात्मक दुःख दिने हुनाले यसलाई गम्भीर अपराधका रुपमा विधेयकमा व्याख्या गरिएको छ ।
त्यस्तै, विधेयकमा कसैको आईडी ह्याक गरेर अश्लील वा भ्रामक विषयवस्तु प्रसार गर्नेलाई कारवाहीको दायरामा ल्याइने उल्लेख गरिएको छ । सँगै डिपफेक भिडियो अपलोड वा प्रसार गरे पनि कारवाही गर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्