काठमाडौँ । धौलागिरी लघुवित्तको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्टअनुसार लघुवित्तले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्त अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०६.८१ प्रतिशतले बढेर ६ करोड ४१ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, लघुवित्तले यस अवधिमा २० लाख ८१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ रुपैयाँ १७ पैसा ऋणात्मक रहेको लघुवित्तको इपिएस यस अवधिमा १ रुपैयाँ ५६ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा छ ।