काठमाडौँ । एक वर्षमा ६६ हजार ८ सय ३५ जना नेपालीले स्थायी रुपमा देश छोडेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२४ मा ३४ हजार ५ सय ४४ पुरुष र ३२ हजार २ सय ८७ महिला गरी कुल ६६ हजार ८ सय ३५ जनाले स्थायी रुपमा देश छोडेका हुन् ।
यस अवधिमा १ लाख ८ सय २७ जना नेपालीहरुले अस्थायी बसोबासका लागि देश छोडेका छन् । बाँकी रहेका नेपालीहरु भने कामको खोजीमा विभिन्न देश जानेहरु रहेका छन् ।
विभागको तथ्याङ्क अनुसार गत वर्ष (सन् २०२३) मा ७० हजार ९ सय १५ जनाले नेपालीहरुले स्थायी बसोबासका लागि देश छोडेका थिए । तुलनात्मक रुपमा स्थायी रुपमा देश छोड्नेको संख्या घटे पनि अवस्था चिन्ताजनक नै रहेको विज्ञहरुको भनाई छ ।
स्थायी रुपमा देश छोड्नेहरु घटे पनि अस्थायी बसोबासका लागि देश छोड्नेहरु भने बढेका छन् । सन् २०२३ मा नेपालबाट ९२ हजार ३ सय ४९ जनाले अस्थायी बसोबासका लागि देश छोडेका थिए ।
त्यस्तै, सन् २०२४ मा रोजगारीको सिलसिलामा कुल ८ लाख ५६ हजार ४ सय २२ जना नेपाली विदेशिएको विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् । सो वर्ष अध्ययनका लागि नेपालबाट १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली विदेशिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना विदेशिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्