×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि बढ्यो अण्डाको मूल्य, बढेको मूल्य २२ गतेदेखि लागू हुने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फेरि बढ्यो अण्डाको मूल्य, बढेको मूल्य २२ गतेदेखि लागू हुने ! 

Artha Sarokar

२१ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अण्डाको मूल्य फेरि बढ्ने भएको छ । खपत बढेसँगै मंगलबार (माघ २२ गते) देखि कुखुराको अण्डाको मूल्य बढ्ने भएको हो । 

बजारमा अण्डाको मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले बताएका छन् । पछिल्लो केही महिनायता बजारमा कुखुराको अण्डाको खपत ह्वात्तै बढेपछि अण्डा उत्पादकहरुको बैठकले मूल्य बढाउने निर्णय गरेको पोखरेलले बताएका छन् । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ  ।

पोखरेलका अनुसार अब अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँदेखि अधिकतम ३० रुपैयाँका दरले बढ्नेछ । हाल ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स-एल अण्डा तीन सय ८५ रुपैयाँ रहे पनि भोलिदेखि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स-एल अण्डा चार सय १५ रुपैयाँ पर्ने भएको छ । 

यो किसानले पाउने मूल्य हो । किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी