काठमाडौँ । हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढेको छ । सरकारले पर्वतारोहण सम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढाएको हो ।
योसँगै पर्वतारोहणमा काम गर्ने सरदारको ज्याला १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । यसअघि सरदारको दैनिक ज्याला ४ सय रुपैयाँ थियो ।
त्यस्तै, यसअघि दैनिक ३ सय ५० रुपैयाँ ज्याला पाउने पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् । आधार शिविरमा खटिने कामदारको ज्याला भने ३ सयबाट बढेर दैनिक १ हजार पुगेको छ ।
यसबाहेक सरकारले ३ हजार ७ सय मिटरसम्म उचाइमा जाने कामदारको दैनिक ज्याला ८ सय र सो भन्दा माथि जाने कामदारको दैनिक ज्याला १ हजार रुपैयाँ पुर्याएको छ ।