Skip to content
LAXMI SUNRISE BANK

नेपालमा प्रतिघण्टा २ जनाको कोरोनाबाट मृत्यु हुँदै, एकैदिन १२ जनाले ज्यान गुमाए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामाथप १२ जनाको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको बताएका हुन् । 
यसर्थ नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु भएको छ। यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK