×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, जाने बेलामा लगानीकर्तालाई नचिढ्याउने ‘मुड’मा गभर्नर !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, जाने बेलामा लगानीकर्तालाई नचिढ्याउने ‘मुड’मा गभर्नर !  

Artha Sarokar

२४ माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । यही बेला नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१ ८२ को अर्धवार्षिक समीक्षामा जुटेको छ । यो अर्धवार्षिक समीक्षा गभर्नर अधिकारीको अन्तिम समीक्षा पनि हो । 

आफ्नो कार्यकालको अन्तिम समीक्षा भएकाले पनि गभर्नर अधिकारीले यसपटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने सम्भावना बढी देखिन्छ । 

पछिल्ला दिन सार्वजनिक कार्यक्रमहरुमा गभर्नर अधिकारीले दिएका अभिव्यक्तिले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सहज र लचिलो आउँछ भन्ने अनुमानहरु लगाउन थालिएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि गरिएको आन्तरिक छलफलमा पनि मौद्रिक नीति लचिलो ल्याउने विषयमा छलफल भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । 

‘गभर्नरज्युको कार्यकाल अब सकिँदैछ । यो समीक्षा नै उहाँको कार्यकालको अन्तिम समीक्षा हुनेछ ।’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘जाने बेलामा उहाँले लचिलो हुने संकेत देखाउनुभएको छ । सेयर लगानीकर्तालाई पनि चिढ्याउने मुडमा देखिनुभएको छैन ।’  

यसै पनि अहिले सेयर बजारका लगानीकर्ता राष्ट्र बैंकका गभर्नरप्रति पोजेटिभ छैनन् । यतिसम्म कि ‘गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर नयाँ गभर्नर आए’ सेयर बजार बढ्छ भन्दै अभिव्यक्ति दिइरहेका छन् । यो कुरा राम्रोसँग बुझेका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको उत्तरार्धमा मौद्रिक नीति सहज ल्याउने र मौद्रिक नीतिको समीक्षामा अपेक्षा गर्ने क्षेत्रलाई खुसी बनाउने मनसायमा रहेको गभर्नर निकट स्रोतले बताएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी