×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविलाई ५४ लाख धरौटीमा छोड्न चितवन अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रविलाई ५४ लाख धरौटीमा छोड्न चितवन अदालतको आदेश

Artha Sarokar

२४ माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

बिहीबार साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार नै अदालतमा उपस्थित भएका थिए । तर, बुधबार बयान र थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो ।

लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी, काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटी र कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी