काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स चोरबाटोबाट दिन खोजिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार जसरी भए पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रयासमा रहेको भन्दै लाइसेन्स दिन चोरबाटोको प्रयोग गरेको आरोप लगाएका छन् ।
त्यस्तै, प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रियामै चलखेल भएको आशय प्रकट गर्दै त्यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसअघि नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा ठूलो चलखेल भएको सार्वजनिक लेखा समितिको बैठकमा आरोप लगाएका थिए ।