×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडलक म्यानपावरको ‘ब्याड सर्भिस’, विदेश पठाउने भन्दौ लाखौँ ठगी, ‘४ वर्ष बित्न लाग्दा पनि भिसा आएन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुडलक म्यानपावरको ‘ब्याड सर्भिस’, विदेश पठाउने भन्दौ लाखौँ ठगी, ‘४ वर्ष बित्न लाग्दा पनि भिसा आएन’

Artha Sarokar

२७ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको सामाखुसीमा रहेको गुडलक इन्टरनेशनल म्यानपावरले लाखौँ ठगी गरेको पाइएको छ । रोजगारीका लागि क्रोयशिया लगायतका देश पठाइदिने भन्दै म्यानपावरले ठगी गरेको पाइएको हो ।

उक्त म्यानपावरबाट भिसा अप्लाई गरेकाहरु अहिले रुनु न हाँस्नु भएका छन् । अहिले उक्त म्यानपावरबाट ठगिएकाहरु दैनिक म्यानपावर कार्यलयमा पुग्छन् ।

तर, उनीहरुले न म्यानपावरका सञ्चालकलाई भेट्न पाउँछन्, न सञ्चालकले उनीहरुको फोन नै उठाउँछन् । बरु म्यानपावरका कर्मचारीलाई ‘उहाँ १० मिनेटमा अफिस आउनुहुन्छ रे’ भन्न लगाउने र दिनभर कुराउने गरेको म्यानपावरबाट पीडित प्रशान्त पौडेलले गुनासो गरेका छन् । ‘४१ महिना भयो म्यानपावरलाई पैसा दिएको ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘न भिसा आएको छ, न पैसा फिर्ता दिएको छ । दिन्छु मात्रै भन्छ तर पैसा नै दिँदैन ।’

पौडेलका अनुसार आफूलाई उक्त म्यानपावरको सञ्चालक बताउने कुमार भनेर चिनिने तेजबहादुर लामिछानेलाई करिब ४ वर्षअघि २ लाख रुपैयाँ बुझाएका थिए । तर, पैसा बुझाएर भिसा आउँछ भनेको ४१ महिना बितिसक्दा पनि भिसा नआएको पौडेलले गुनासो गरेका छन् ।

पैसा दिएको महिनौँ बितिसक्दा पनि भिसा नआएपछि उनले म्यानपावरसँग पैसा फिर्ता मागेका थिए । बल्लतल्ल म्यानपावर सञ्चालक लामिछानेले उनलाई २ लाखमध्ये २० हजार फिर्ता गरे र बाँकी पैसा पछि फिर्ता गर्ने बाचा गरे । तर, पीडित पौडेलले अझैसम्म पनि म्यानपावरबाट पैसा फिर्ता पाएका छैनन् । अत्ति भएपछि पौडेल बुधबार म्यानपावरमै गएर आफू प्रहरीमा उजुरी दिन जान लागेको भन्दै जानकारी गराए । प्रहरीमै जाने भनेपछि आत्तिएर आएका म्यापावर सञ्चालक लामिछानेले उनलाई १ लाख ५० हजारको चेक दिए ।

तर, लामिछानेले दिएको चेक अर्कै व्यक्तिको भएको र हस्ताक्षर पनि फरक परेको तथ्या पौडेलले बैंक पुगेपछि थाहा पाए । त्यसयता म्यानपावर सञ्चालक सम्पर्कमै नभएको पौडेलले बताएका छन् । हामीले पनि उक्त म्यानपावर संचालक लामिछानेसंग सम्पर्क गर्ने प्रयास गर्यौं तर उनी सम्पर्कमा आएनन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी