Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको निर्देशन – ‘एटिएम कार्डको म्याद सक्नु १५ दिन अगाडी नै ग्राहकलाई खबर गर्नु’

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एटिएम कार्डको म्याद सक्ने १५ दिन अगाडी नै ग्राहकलाई खबर गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले पेमेन्ट तथा सेलमेन्टको एकीकृत निर्देशिका जारी गर्दै कार्डको अवधि समाप्त भएको १५ दिन अघि नै शुल्कसहितको जानकारी दिनुपर्ने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जना सम्बन्धी व्यवस्थाहरू ग्राहकलाई अवधि समाप्त हुनुभन्दा १५ दिन अगाडी एसएमएसमार्फत दिनुपर्नेछ। कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।
त्यसैगरी, एकीकृत निर्देशन अनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन । 
कोरोना संक्रमणको महामारी सुरु भएपछि केन्द्रीय बैंकले निर्देशन दिँदै अन्तर बैंक एटिएम कारोबार निःशुल्क गरेको थियो । तर, सो व्यवस्थालाई एकीकृत निर्देशमा समावेश गरेर आगामी दिनमा पनि अन्तर बैंक एटिएम कारोबार निःशुल्क गर्न भनेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK